अब ईलाका प्रहरी कार्यालय बर्दघाटबाटै मुद्धा संचालन: ‘जुवाडे’ मुद्धा ईलाकाको तेस्रो मुद्धा

0

बर्दघाट – ईलाका प्रहरी कार्यालय बर्दघाटले अब आफ्नै कार्यालयबाट अभियुक्तहरुलाई मुद्धा चलाउन सक्ने भएको छ । कार्तिक १ गतेबाट यो सुबिधा ईलाका प्रहरीले पाएको हो । यस अघि पक्राउ परेका अभियुक्तहरुलाई मुद्धा चलाउन जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा पठाइने गरेकोमा अब ईलाकाबाटै मुद्धा संचालन हुन थालेको ईलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ । यही बाटै सबै प्रकृतिका अपराधको मुद्धा चल्छ –ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख एंव प्रहरी निरिक्षक हिमबहादुर केसीले बताउनुभयो – सबै डिटेलमा भन्न मिल्दैन ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी एंव प्रहरी नायव उपरिक्षक बिरेन्द्र थापाका अनुसार बेलाटारीले यस अघि मुद्धा संचालन गर्दै आएकोमा अब बर्दघाटबाट समेत मुद्धा हेर्ने ब्यवस्था गरिएको छ ।

त्यस्तै ईलाका प्रहरी बर्दघाटले बर्दघाट र सेमरी अन्तरगतका मुद्धा हेर्ने बताइएको छ । अभद्र ब्यवहार र ज्यान मुद्धा सहित ईलाकाबाट. कार्तिक १ र २ गते बिहान सम्म ३ वटा मुद्धा संचालन हुदैछन् । मुद्धा फाँटमा जनशक्ति नहुदाँ ईलाकाबाट मुद्धा संचालन हुन सकेको थिएन । तर प्रहरी नायव निरिक्षक भवानी प्रसाद धमलालाई अहिले मुद्धा हेर्ने जिम्मा दिइएको छ ।

त्यस्तै बर्दघाट ४ का वडा सदस्य बिष्णु प्रसाद भण्डारी सहितका ६ जना जुवाको खालबाट पक्राउ परेको मुद्धा बर्दघाट ईलाकाको तेस्रो मुद्धा भएको स्रोतको दावी छ ।
शुक्रवार राति सरावल गाउँपालिका–२ सालबासमा रहेको अमर तन्दुरीमा जुवा खेलिरहेको अवस्थामा बर्दघाट नगरपालिका–४ का वडा सदस्य भण्डारीसहित ६ जना पक्राउ परेका थिए । उनीहरुलाई बर्दघाट ईलाकामै थुनामा राखेर मुद्धा संचालनको तयारी जनाइएको छ । उनीहरुले तास कौडा वा पासा के खेलेका थिए भन्ने कुरा भने प्रहरीले बताउन चाहेन । पक्राउ पर्नेमा बर्दघाट नगरपालिका–१३ का बासु खनाल, सरावल–१ का गणेश पाण्डे, सुनवल नगरपालिका–१२ का टोपबहादुर घिमिरे, सरावलका प्रदिप अग्रहरी र जुवा खेलाउने घरधनी लीलाबहादुर चौधरी रहेकाको स्रोतले जनाएको छ। प्रहरीले भने नाम सार्वजनिक नगरे पनि जुवाडे पक्राउ परेको पुष्टि गर्दै अनुसन्धान चलिरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी उपरीक्षक लालमणि आचार्यले बताउनुभयो । जुवाडेहरुका साथबाट ३९ हजार ५०० रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ।

You might also like