चन्द्रा थानीको निधन, अन्तिम श्रद्धाञ्जलीसहित पशुपति आर्यघाटमा अन्त्यष्टी गरिदै

0

 २०७७ भाद्र २८

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)की कर्णाली प्रदेश सदस्य, इच्छुक साँस्कृतिक प्रतिष्ठानकी कार्यसमिति सदस्य, अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की केन्द्रीय सहसचिव, अखिल नेपाल जनसाँस्कृतिक महासंघकी केन्द्रीय सचिवालय सदस्य समेत रहेकी नेतृ चन्द्रा थानीको निधन भएको छ ।

२०१७ साल चैत्र १६ गते जन्मनु भएकी  चन्द्रा थानी पित्त थैलीको पत्थरीको शल्यक्रियाका लागि मेडिसिटी अस्पतालमा भदौं १७ गते भर्ना हुनु भएको थियो । शल्यक्रियापछि उपचारको क्रममा उहाँको आइतबार (आज) चार बजेर १५ मिनेट जाँदा निधन भएको नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य दिपक शाहीले जानकारी दिए । उहाँको आजै साँझ पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलीसहित अन्त्यष्टी गरिने भएको छ । थानीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलीका लागि क्रान्तिकारी माओवादीका नेता कार्यकर्ताहरु पशुपति आर्यघाटमा जम्मा भइरहेको शाहीले बताए ।

२०३५/३६ को विद्यार्थी आन्दोलनबाट राजनीतिमा सक्रिय हुनुभएकी कमरेड थानी २०३८ सालमा नेकपा चौमको सदस्य भई क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा सक्रिय हुँदै आउनु भएको थियो । चर्चित कवियत्रीको समेत पहिचान बनाउनु भएकी नेतृ थानी लामो समयदेखि प्रगतिशील तथा क्रान्तिकारी साहित्य सिर्जनामा समेत कलम चलाउँदै आउनु भएको थियो ।

उहाँका श्रीमान (चक्रपाणी शर्मा) नेकपा (क्रान्तिकारी माओवादी)का पीवीएम तथा कर्णाली प्रदेशको पार्टी इन्चार्ज हुनुहुन्छ । उहाँका एक छोरा र तीन छोरी हुनुहुन्छ ।..moolbato

 

 

You might also like