दश केजी गाँजासहित १ जना चितवन प्रहरीको फन्दामा

0

चितवन, ३ भदौ ।

जिल्ला प्रहरी कार्यालय चितवनले १० किलो गाँजासहित एक ब्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले भरतपुर महानगरपालिका वडा नम्बर १६ झनझनेबाट सूर्तिको प्याकेटमा बेच्न तयार गरेर राखिएको गाँज बरामद गरेको चितवन प्रहरीका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

वडा प्रहरी कार्यलय नारायणगढको बिशेष टोलीले गाँजासहित ३२ वर्षीय कुमार गुरूङलाई समेत नियन्त्रणमा लिइएको छ ।

हरिले विक्री गर्नका लागि सूर्तिको प्याकेटमा राखिएको ८५ थान र बोरामासमेत प्याक गरी घरभित्र लुकाई राखेको अवस्थामा १०.७४ किलोग्राम गाँजासहित गुरूङलाई पक्राउ गरेको थापाले बताए ।

पक्राउ परेको ब्यक्तिलाई ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

News24nepal

You might also like