सरकारद्वारा विप्लव नेकपा माथि प्रतिबन्धको घोषणा

0

काठमाण्डौ – मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बम विस्फोटलगायतका आपराधिक क्रियाकलाप सम्लग्न भएकाले प्रतिबन्ध लगाएको बताए । यो प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा केही दिनअघि नै गएको स्रोतले जनाएको छ । विप्लव समुहले आपराधिक कार्य गरी विकासका पूर्वाधारमा बम विस्फोट गराउने र शान्ति सुरक्षामथि आक्रमण गरेको भन्दै सरकारले प्रतिबन्ध लगाएको हो ।

You might also like