प्रविधिले फड्को मारेपछि…
काठमाडौँ — म सानो छँदा हरेक साँझ घरमा ठूलाबडाहरू घेरा हालेर शान्त भएर सुन्ने गर्नुहुन्थ्यो– रेडियो । नबुझे पनि उहाँहरूसँगै म पनि सुन्न बस्थें । ती क्षण मस्तिष्कमा ताजै छन् । अनि त्यो रेडियो पनि । मोटा र ठूला एभरेडी ब्याट्री लाग्ने, लामो एरियल, माथि तानेर बजाउनुपर्ने । ती रेडियो आजभोलि सायदै प्रयोगमा होलान् । जीवनको कुनै क्षणमा हाम्रो पुस्तासम्मले त्यो देख्न र प्रयोग गर्न पाए पनि अबको पुस्तामा त्यसको महत्त्व छैन ।