बर्दघाटमा ६९ जनाको स्वाब नेगेटिभ, थप १ सय ११ जनाको स्वाब संकलन

0

साउन २७ ।

नवलपरासी – पश्चिम नवलपरासी बर्दघाट स्थित जिमिरेभारमा रहेको लक्ष्मी बैंक लिमिटेडमा कार्यरत एक कर्मचारीमा कोरोना पुष्टि भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १ घर भएका ती पुरुषमा बुटवलमै स्वाब संकलन गरि परिक्षण गर्दा पोजेटिभ देखिएको हो । बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालका अनुसार उनी बुटवललाट बैंकमा आउजाउ गरिरहेका थिए भने गत शुक्रबार देखि भने उनी कार्यालय नआएको बताईएको छ । शंका लागेपछि उनले आफै कोरोना परिक्षण गराएका थिए । त्यस्तै बर्दघाट–७ स्थित जिमिरेभार बजार सिल गरिएको स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले बताउनुभयो । त्यस्तै गरी बर्दघाटमा संकलित ७१ जना मध्ये ६९ जना नेगेटिभ रिर्पाेट नेगेटिभ आएको छ । २ जनाको रिर्पाेट आउन बांकी रहेको ज्ञवालीले बताउनुभयो । मंगलवार १ सय ११ जना स्वाब संकलन भएको छ । वडा नम्बर १२ र नगरका बिभिन्न क्वारेन्टाइनमा बसेकाहरुको स्वाव संलकल गरी परिक्षणका लागि पठाइएको ज्ञवालीले जानकारी दिनुभयो ।

You might also like