दुधको उचित मूल्य नपाए पछि नवलपरासीका किसानले दुध सडकमा फाले

0

नवलपरासी : दुधको उचित मुल्य नपाएको र खपत कम भएको बिरोधमा पश्चिम नवलपरासीका किसानले दुध पोखेर बिरोध जनाएका छन । विभिन्न बहाना बनाउदै निजि तथा सरकारी दुग्ध कम्पनीले किसानको दूध नियमीत खरिद नगरेको तथा लगानी अनुसारको मुल्य नपाएको बिरोधमा बर्दघाटमा किसानले दुध पोखेका हुन् ।
किसानले उत्पादन गरेको दुध बिक्री नहुने र मुल्य नपाएपछि यहाका किसानले संघर्ष समिति नै गठन गरेर आन्दोलित भएका हुन् ।
करिब १ सय जना किसानले ५ सय लिटर दुध सडकमा पोखेर बिरोध जनाएको सघर्ष समितिका अध्यक्ष देबिलाल काफ्लेले बताए । सरकार किसानको मुद्दामा गम्भीर नभए चरणबद्द आन्दोलन गर्ने र न्यायका लागि केन्द्र सरकारलाई ध्यानाकर्षण गराउन काठमाडौ केन्द्रित आन्दोलन गर्ने किसानहरुको चेतावनी छ ।
कृषि तथा पशुपन्क्षी मन्त्री बेदुराम भुसालले किसानका माग तत्काल सम्बोधन गर्ने बताएपनि अहिले सम्म समस्या समाधान नभएको भन्दै भएको कृषि मन्त्रीको राजिनामा मागेका थिए । किसानको माग पूरा गर, दुधको मुल्य तत्काल भुक्तानी गर, जस्ता नारा लगाएका थिए ।

You might also like