गो‌ंगबु हत्या काण्डमा संलग्न भएको आशंकामा चितवनबाट महिला पक्राउ , फोटो सार्वजानीक भएपछि शवको पहिचान खुल्यो

0

काठमाडौँ , २६ साउन ।
गो‌ंगबु हत्या काण्डमा संलग्न भएको आशंका गर्दै प्रहरीले एक महिलालाई सोमबार साँझ चितवनबाट नियन्त्रणमा लिएको छ।
चितवनबाट महानगरीय अपराध महाशाखाको टोलीले कल्पना शाहीलाईनियन्त्रणमा लिएको हो।
शवको सोमवार दिउसो सम्म सनाखत हुन नसकेको र पहिचान पनि नखुलेकाले अनुसन्धान गर्न अप्ठ्यारो भएको भन्दै प्रहरीले फोटो सार्वजानीक गरेको थियो । फोटो सार्वजानीक भएको केही घण्टैमा कसको शव भनी पत्ता लागेको थियो ।

 

नियन्त्रणमा परेकी महिला र मृतक बोहोरा गोंगबुमा एउटै फ्ल्याटमा बस्दै आएको प्रहरी स्रोतले जनाएको छ । शाहीकी श्रीमान् विदेशमा रहेको स्रोतले जनाएको छ ।
मृतक बोहोरा दाङ निवासी हुन् भने उनी गोंगबु नयाँ बजार क्षेत्रको गार्मेन्ट उद्योगमा काम गर्थे।
फोटो सार्वजानीक भएपछि मृतकका मामा सम्पर्क आएको र घटना कुन घरमा भएको भनी पत्ता लगाइसकेको प्रहरी स्रोतले जनाएको छ ।

Mirmire online

You might also like