यस्तो छ दे.ज.मो पश्चिम अभियान टोलीको आजको कार्यक्रम

0

नवलपरासी – देशभक्त जनगणतान्त्रिक मोर्चाको मेचीकाली जनजागरण अभियान अन्तरगत आज रुपन्देहीको देवदहको खैरेनी चौराह पछि अभियानटोलीले पश्चिम नवलपरासीको सुनवल नगरमा प्रबेश गर्दैछ । सुनवलको ग्रामीणक्षेत्र अस्नैयाँमा कार्यक्रम गरेपछि अभियान टोलीले सुनवलबजारमा कोणसभा गर्ने र त्यसपछि प्रदेश नम्बर ५ को प्रवेशद्धार बर्दघाटमा कोणसभा गरी तराई मधेशक्षेत्रको प्रतापपुर गाउपालिकाको गोपीगंजमा कार्यक्रम गर्ने योजना रहेको देजमो पश्चिम नवलपरासीका संयोजक राजु प्रसाद खनालले बताउनुभयो ।
त्यस्तै अभियानमा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य एंव देजमोका केन्द्रीय सचिव तथा पूर्व सांसद परि थापा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्यहरु पिताम्बर आचार्य , हिरामणी दुखी , धनेश्वर पोखरेल , टिकाराम पौडेल तेजबिक्रम शाही लगायतका नेता कार्यकर्ता सहभागी हुनुहुन्छ ।
त्यसैगरी पश्चिम नवलपरासी हुदै २० गते नवलपुर र २१ गते पूर्वी टोली गण्डकी र मध्य कमाण्डको टोली सहित चितवनको संर्घषसभा गरी अभियान समापन गर्ने योजना रहेको जनाइएको छ ।

You might also like