अख्तियारका थप २२ जनालाई कोरोना

0

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु कुन शाखामा काम गर्ने कस्ता जनशक्ति हुन् भन्ने खुलाइएको छैन ।

अख्तियारले पीसीआर परीक्षण गरेर कोरोना संक्रमण नभएको पुष्टिपछि मात्रै कार्यालयमा आउन कर्मचारीहरुलाई आग्रह गरेको छ ।

मंगलबार १५ जना कर्मचारीमा कोरोना संक्रमण देखिएकोमा परीक्षणको दायरा बढाउँदै जाँदा बिहीबार थप २२ जनामा कोरोना देखिएको हो ।

|Kantipur

You might also like