वास्तविक अयोध्या भारतमा छ, रामकाे जन्म अयोध्यामै भएकाे हाे : जानकी मन्दिरका महन्त दास

0

जनकपुरधाम, २ साउन । मिथिलाको प्राचिन राजधानी जनकपुरधाममा यत बेला प्रधान मन्त्री केपी शर्मा ओलीले दिनुभएकाे अभिव्यक्तिलाई लिएर टिका टीप्पणि सुरु भएको छ ।

सीताको जन्मथलो जनकपुरधाम र अवध (अयोध्या) बीचको सम्बन्ध अब के होला भन्दै चिन्ता गहिरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या नेपालकै भूभाग रहेको टिप्पणी गर्नुभएपछि चर्को आलोचनासँगै यसबारे बहस शुरु भएको छ।

प्रधानमन्त्री ओलीले अयोध्या वीरगंजभन्दा थोरै पश्चिम ठोरीमा रहेको भनेपछि संस्कृतिविद्का साथै आध्यात्मसम्बन्धी ज्ञान राख्ने व्यक्तिहरूले समेत उक्त भनाइप्रति आपत्ति जनाएका छन् । प्रधानमन्त्री ओलीले सोमबार अयोध्या नेपालकै भूभाग रहेको र भारतले नक्कली अयोध्या खडा गरेको अभिव्यक्ति दिनुभएकाे थियाे ।

प्रधानमन्त्री ओलीको यस्तो अभिव्यक्तिको कुनै आधार नरहेको जानकी मन्दिरका महन्त रामतपेश्वर दासले टिप्पणी गर्नुभएकाे छ । महन्त दासले त्रेतायुगदेखि नै अयोध्या भारतको उत्तर प्रदेशमा रहेको बताउनुभयाे ।

माता सीतासँग बिहे भएको भगवान रामका पिता राजा दशरथको राजमहल युगौंंदेखि भारतको उत्तर प्रदेशस्थित अयोध्यामा रहेको महन्त दास बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘यो आजको कथा होइन त्रेतायुगको कुरा हो, कोसीदेखि नारायणीसम्मको भूभाग मिथिला रहेको धेरैजसो पुराणमा उल्लेखित छ, मिथिलाको केही भाग भारतमा पनि छ । यसैगरी नारायणी पश्चिमको भागलाई अबध भनिन्छ । र, अबधको केही भाग नेपालमा पनि छ तर वास्तविक अयोध्या भने भारतमै छ।’

उहाँले रामकाे जन्म अयोध्यामै भएकाे र वास्तविक अयोध्या भारतमा पर्ने पनि बताउनुभयाे । ‘अयोध्यामा राम जन्मभूमि छ, कनक दरबार पनि त्यहीं छ, सरयुग नदी त्यहीं बगेको छ, वास्तविक अयोध्या त्यही हो,’ महन्त दासले प्रष्ट पर्नुभयाे ।

प्रधानमन्त्री ओलीले भन्नुभए अनुसार वीरगंज पश्चिमको भूभागमा अयोध्या नरहेको महन्त दासले बताउनुभयाे । रामजानकी विवाहोत्सवको अवसरमा हरेक वर्ष अयोध्याबाट जनकपुरमा जन्ती आउने गरेको उहाँ बताउनुहुन्छ । दासले भन्नुभयाे, ‘रामजानकी विवाहोत्सवमा हरेक वर्ष भारतको अयोध्याबाट जन्ती आउने परम्परा कायम छ। वास्तविक अयोध्या त्यही हो ।’

‘दुई चार जना पो पागल हुन सक्छन्, वर्षौंदेखि त्यो अयोध्यामा आउने लाखौं मानिस सबै पागल हुन् त? महन्त दास प्रश्न गर्नुहुन्छ, ‘सरयुग नदीको छेउमा अयोध्या अवस्थित रहेको रामायणमा भनिएको छ, सरयुग नदी कसैले खनेर बनेको होइन । वर्षौसम्मको कानुनी लडाइँपछि त्यहाँ राम मन्दिर बनाइँदै छ, यी सब आधारले पनि वास्तविक अयोध्या भारतमै रहेको पुष्टि हुन्छ ।’

संस्कृतिक विज्ञ र जानकारहरु पनि भारतको उत्तर प्रदेशमा रामको जन्म थलो भएको थुप्रै प्रमाण रहेको भएपनि प्रधानमन्त्री ओलिले हावाको भरमा दिएको अभिव्यक्तिले नेपाल र भारतबीचको सम्बन्धलाई नै प्रभावित पार्ने बताएका छन् ।

जब नेपाल र भारत अस्तित्वमा थिएन त्यति बेला नै मिथिला-अवध-विराटको इतिहास रहेको थुप्रै धर्म ग्रंथमा उल्लेख रहेको छ । मिथिला पुराण, गरुड़ पुराण, रामायण र महाभारत सबैमा मिथिला, अवध र विराटको राज्यको चर्चा रहेको विज्ञाहरुको तर्क छ ।

प्रधानमन्त्रीकाे अभिव्यक्तिले अहिले जनकपुरमा हलचल नै पैदा भएकाे छ । हिन्दू संघ संस्थामले विरोधको कार्यक्रमहरु गर्दै आएका छन् । हिन्दू परिषद नेपाल र विस्वहिन्दू परिषदले आन्दोलनका कार्यक्रमहरु समेत सार्वजनिक गरि सकेका छन् ।

आन्दोलनमा एक्यावद्धता प्रगट गर्दै जनकपुरका सामाजिक संघ संस्था पनि सहभागी हुने जनाइएको छ । भोली शनिबार जनकपुरमा वृहत विरोध रयाली नै निकालने भएका छन् । प्रदेश २ का गाउँ-गाउँबाट हजाराैं व्यक्तिलाई ल्याइने तैयारी रहेको विस्वाहिन्दू परिषदले जानकारी दिएकाे छ ।

News24Nepal

You might also like