बर्दघाट अटो भिल्ला उद्घाटन

0


बर्दघाट – नवलपरासीको बर्दघाट ४ शिवनगरमा सुविधासम्पन्न अटो भिलेज संचालनमा आएको छ । साना सवारीसाधानको मर्मत सम्बन्धि सम्पुर्ण कार्यका लागि सो बर्दघाट अटो भिल्ला संचालनमा आएको हो । बर्दघाट अटो भिल्लाको प्रदेश सांसद दिपेन्द्रकुमार अधिकारीले समुदघाटन गर्नुभएको थियो । युवा ब्यवसायी शिव थापाको पहल तथा संयुक्त लगानीमा संचालनमा ल्याइएको अटो भिल्लामा कार मर्मत तथा धुनका लागि समेत अत्याधुनिक मेसिन रहेका छन् । दुई कट्ठा जमिनमा बनेको सो अटो भिलेजमा जग्गा बाहेकका संरचना मात्र १ करोड भन्दा धेरै रहेको बताइएको छ ।

You might also like