बर्दघाट नगरपालिकाद्वारा कार्तिक मसान्त सम्म दमकल ल्याउने तयारी

0

नवलपरासी २२ साउन – बर्दघाट नगरपालिकाले नगरमा हुने आगलागीका घटनाबाट हुने क्षति न्युनीकरण गर्न दमकल ल्याउने तयारी गरेको छ । गत आर्थिक बर्षबाट उक्त तयारी भएपनि कोरोनाका कारण भएको लकडाउनले गर्दा नगरले दमकल खरिद गर्ने प्रक्रियालाई तीब्र बनाउन सकेको थिएन । नगरमा आगलागीका घटना बृद्धिभए संगै नगर प्रमुख धीरज शर्मा बस्यालले दमकद खरिद प्रक्रियालाई तीब्र बनाउन चाँसो ब्यक्त गर्नुभएको थियो । मंगलवार नगर प्रमुख बस्यालकै कार्यकक्षमा समेत बिद्युत सर्ट हुदाँ आगलागी भएको थियो भने मंगलवार राति नै बर्दघाटकै पाठक खाद्य उद्योगका आगलागी हुदाँ समयमै दमकल नहुदाँ धेरै क्षति भएको थियो । बर्दघाट नगर र आसपासको क्षेत्रमा आगलागी हुदाँ रामग्राम नगरपालिका र बुटवल उप महानगरपालिकाबाट दमकल ल्याउनूपर्ने बाध्यता रही आएको छ । त्यस्तै बर्दघाट नगरपालिकाका सूचना अधिकारी पुष्कर काफ्लेले २०७७ कार्तिक मसान्त सम्म दमकल ल्याउने गरी सप्लायरलाई जिम्मेवारी दिइएको जानकारी दिनुभयो । कोरोनाका कारण भएको बिषम परिस्थितिका कारणले समयमै आउनूपर्ने दमकल ल्याउन नसकिएको र यसबारे सप्लायर गर्न संवाद भईरहेको उहाँले बताउनुभयो ।

You might also like