बर्दघाट नगरपालिका द्धारा कोरोनाको जोखिम र लकडाउनबारे ‘सुझाव संकलन’

0

नवलपरासी २ जेठ –  पश्चिम नवलपरासीमा कोरोना संक्रमण देखिएसंगै कोरोना नियन्त्रणका लागि अब कसरी अगाडि बढन सकिन्छ भन्ने सन्र्दभमा बर्दघाट नगरपालिकाले सरोकारवालासंग सुझाव लिएको छ ।
नगरले सर्वपक्षीय सुझाव लिने सो कार्यक्रममा संबिद्यानसभा सदस्य बिक्रम खनाल , सिन्धु जलेशा बुढाथोकी, प्रदेशसभा सदस्य दिपेन्द्र कुमार अधिकारी सहित नगरमा क्रियाशिल राजनैतिक र पत्रकार सहभागी हुनुहुन्थो ।

कार्यक्रममा सबिद्यानसभा सदस्य बिक्रम खनालले कोरोना बिपदबाट बच्नका लागि संर्वदलीय संयन्त्र बनाउनुपर्ने सुझाव दिनुभयो । उहाँले भारतले सिमामा नेपाली नागरिक छोड्ने र नेपाल जान उत्प्रेरित गर्ने गरेकाले समस्या आउन सक्ने औल्याउनुभयो ।
त्यस्तै सबिद्यानसभा सदस्य सिन्धु जलेशाले सिमामै क्वारेन्टाइन र स्वास्थ्य परिक्षण गर्न सरकारले ब्यवस्था गर्नुपर्ने र त्यसमा आफूले पाउने भुमिका अनुसारको काम गर्न तयार रहेको बताउनुभयो ।
त्यस्तै प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीले भयावह अवस्था प्रति सचेत रहदैं सिमामै क्वारेन्टाइल र सम्बन्धित पालिकाले आफ्ना बासिन्दालाई ब्यवस्था गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बर्दघाट नगरपालिका नगर प्रमुख धीरज शर्मा बस्यालले भारतबाट बर्दघाट नगरमा करिब १ हजार मानिस आउने नगरको आकलन रहेको बताउदैं सुझावलाई समेटेर लैजाने बताउनुभयो ।
कार्यक्रममा बर्दघाट नगरपालिका उपप्रमुख मायादेवी पौडेल,नेकपा नगर अध्यक्ष इन्द्रकुमार राना ,नेपाली काग्रेस नगर सभापति शम्भुलाल श्रेष्ठ, राष्ट्रिय जनमुक्ति पार्टीका प्रेम राना नेकपा ( क्रान्तिकारी माओवादी ) नगर सेक्रेटरी रामचन्द्र पोखरेल , ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरिक्षक हिमकुमार केसी, पत्रकार प्रमोद कुमार अर्याललगायतले धारणा तथा सुझावहरु राख्नुभएको थियो ।

You might also like