अखिल(क्रान्तिकारी) प्रदेश पाँचको एकता भेला , प्रशिक्षण तथा बैठक भालुबाङमा सम्पन्न

0

दाङ – अखिल(क्रान्तिकारी) प्रदेश पाँचको एकता  भेला प्रशिक्षण तथा बैठक भालुबाङमा शनिवार सम्पन्न भएको छ । अधिबेशनले नवीन खड्काको संयोजकत्वमा मनोज थापा (लुम्बिनी) र इन्दु ओली (राप्ती) सहसंयोजक रहेको ५५ सदस्सीय प्रदेश समिति गठन गरेको छ ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश ईन्चार्ज प्रमोदले शैक्षिक बिकृतिबिरुद्ध संर्घष थाल्न निर्देशन दिनुभयो ।
कार्यक्रममा बिशेष अतिथि अखिल(क्रान्तिकारी)का केन्द्रीय संयोजक मिलन राईले शैक्षिक माफियाकरण बिरुद्ध संगठनले आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिनुभयो । कार्यक्रममा पार्टीका केन्द्रीय सचिवलाय सदस्य तथा प्रदेश सहसंयोजक समिर, बिद्यार्थी नेताहरु बिरेन्द्र शाही र दीपक बिष्टलगायतले मन्तब्य राख्नुभएको थियो ।

You might also like