देउराली समुहलाई वडा कार्यालयले दियो उन्नत बोका

0

रामप्रसाद पौडेल / बर्दघाट – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ४ ले देउराली बाख्रापालन समुह मर्चाखोलालाई बोयर बोका प्रदान गरेको छ ।

शुक्रवार समुहकी अध्यक्ष गौरी पोख्रेललाई वडा नम्बर ४ का वडाध्यक्ष रविन्द्र बिक्रम हमालले सो बोका हस्तान्तरण गर्नुभएको थियो । बाख्रापालक कृषकको ब्यवसायिकता बृद्धिका लागि उन्नत बोका आवश्यक पर्ने भन्दै उहाँले समुहले सो बोकाको संरक्षण गर्दै बाख्रापालनको प्रर्बद्धन र विकास गर्ने विश्वास ब्यक्त गर्नुभएको थियो । सो अवसरमा पशु सेवा शाखा प्रमुख भरत लम्साल पशु सेवा प्राविधिक अबिशेक लामिछानेलगायतको उपस्थिति रहेको थियो । वडाले आफनो स्विकृत कार्यक्रम अनुसार पशुपालक कृषकका लागि दाना बनाउने मिल र गोठ सफाई गर्ने मेसिन समेत हस्तान्तरण गरेको बुझिएको छ ।

You might also like