क्वारेन्टाइन हटाएपछि बिद्यालयमा निर्मलीकरण गरियो

0

रुपन्देही – रुपन्देहीस्थित तिलोत्तमा नगरपालिकाको वडा नं. २ मा रहेका शंकरनगर दुर्गादत्त माविलाई मंगलबार डिस्इन्फेक्टेड गरिएको छ । यसअघि क्वारेन्टाइन सञ्चालन गरिएको विद्यालयलाई तिलोत्तमा नगरपालिकाले डिस्इन्फेक्टेड अर्थात निर्मलीकरण गरेको हो । यहाँ २०७६ चैत्र ११ गतेबाट तिलोत्तमा नगरपालिकाले कोरोना महामारी रोकथामको सन्दर्भमा क्वारेन्टाइन सञ्चालन गरेको थियो ।
विद्यालयमा सञ्चालित क्वारेन्टाइनलाई २०७७ साउन ११ बाट वनवाटिकाभित्र रहेको सहिद पार्कमा स्थानान्तरण गरेर निर्मलीकरण गरिएको स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत गणेश गौतमले जानकारी दिनुभयो । यसअघि क्वारेन्टाइन सञ्चालन गरिएको वडा नं. १५ स्थित मधवलिया माविलाई पनि डिस्इन्फेक्टेड (निर्मलीकरण) गरिएको थियो ।

You might also like