रेमिट संचालनबाट दाउन्नेदेवी महिला बहुउदेश्शीय सहकारीले ग¥यो आम्दानी

0

बर्दघाट – महिलाहरुद्वारा संचालित दाउन्नेदेवी महिला बहुउदेश्शीय सहकारी संस्था लिमिटेड बर्दघाट – ४ ले रेमिट कार्यक्रम संचालन गरेको छ । गत आर्थिक बर्षबाट संचालनमा ल्याइएको रेमिटबाट संस्थाले झण्डै दुईलाख रुपैया आम्दानी गरेको छ । नगद रुपैया ल्याउने र पठाउने गरेवापत सहकारीले सो आम्दानी गरेको हो । रेमिट कार्यक्रमबाट संस्थाले एक जनाले रोजगार पाएको अध्यक्ष देवी पौडेलले बताउनुभयो ।
सहकारीले बर्दघाट ४ भृकुटीपथमा रेमिटान्सका लागि रेमिट कार्यालय संचालन गर्दै आएको छ । रेमिटबाट आर्थिक बर्ष २०७५÷०७६ मा १ लाख ९७ हजार ६ सय ५५ रुपैया नगद आम्दानी भएको ब्यवस्थापक हिरादेवी शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार संस्थामा हाल ७ जना कर्मचारी रहेका छन् । सहकारुमिा हाल सम्म १ हजार ६ सय ३ जना महिला शेयर सदस्य छन् ।

You might also like