११ दलको घोषणा : एमसीसी खारेजीका लागि ९ गते देशैभर प्रदर्शन

0

काठमाडौं – विभिन्न ११ दलले यहि असार ९ गते एमसीसीविरुद्ध जनप्रदर्शन गर्ने निर्णय गरेका छन्। विवादित अमेरिकी परियोजना ‘हिन्द प्रशान्त रणनीतिक प्रतिवेदन’ मा आधारित ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) सरकारले संसद्बाट पारित गर्न खोजेपछि उक्त सम्झौता पारित भएर कार्यान्वयन भएमा नेपाल विदेशी शक्तिको क्रीडास्थल र रणभूमि बन्ने ठहर गर्दै सम्झौता खारेजीको माग गर्दै ११ दलको बैठकले जनप्रदर्शन गर्ने निर्णय गरेको हो।

सङ्घर्षको घोषणा गर्दै संयुक्त विज्ञप्ति जारी गर्नेहरूमा मोहनविक्रम सिंह, महामन्त्री, नेकपा -मसाल, मोहन वैद्य ‘किरण’, महासचिव, नेकपा क्रान्तिकारी माओवादी, सीपी मैनाली, महासचिव, नेकपा माले, चित्रबहादुर केसी, अध्यक्ष, राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल, अध्यक्ष, देशभक्त जनगणतान्त्रिक मोर्चा, लोकनारायण सुवेदी, सहसंयोजक, नेकपा, गोपाल किराँती, अध्यक्ष, नेकपा माओवादी केन्द्र, सुवासराज काफ्ले, अध्यक्ष, जनसमाजवादी पार्टी नेपाल, साध्यबहादुर भण्डारी, राष्ट्रिय जनजागरण परिषद् नेपाल, केदारचन्द्र शर्मा, महासचिव, नेकपा ९संयुक्त० र विप्लव नेतृत्वको नेकपाको तर्फबाट गुणराज लोहनी, संयोजक, राष्ट्रिय जागरण मञ्च रहेका छन्। दैनिक अनलाइन

You might also like