कोरोना त्रास रहेको समयमै चिकित्सकले छाडे जागिर

आवश्यक सामग्री को अभाव कायमै

0

दिपकराज भट्ट
डडेल्धुरा –  सुदुरपश्चिम पहाडि जिल्ला को मुटु मानिने डडेल्धुराको डडेल्धुरा अस्पताल डडेल्धुरामा कार्यरत २ जना चिकित्सकले काम छोडेर गएका छन् । दुवै जना डाक्टरले पारिवारिक समस्या देखाएर काम छोडेको डडेल्धुरा अस्पतालका मे.सु. डा.जगदीश चन्द्र बिष्टले बताउनुभयो।
काठमाडौंबाट आएका दुवै चिकित्सक करारमा काम गर्नका अस्पतालमा पुगेका भए पनि उनीहरु पछिल्लो समयमा कोरोना माहामारीको प्रकोप फैलिरहेको अवस्थामा काम नगर्ने भन्दै गएको अस्पताल स्रोतले जानकारी दियो।

डा.बिष्टले एक जनाको बुवा बित्नुभएको र अर्कालाई पनि पारिवारिक समस्या भएपछि काम नगर्ने निर्णय बताउनुभयो।  उनीहरुले अन्य पारिवारिक समस्या देखाए पनि कोरोना भाइरस कोभिड १९ भाइरसको महामारीमा जोखिम हुने भएकाले पारिवारका सदस्यका दबाबका कारण जागिर छोडेको हुनसक्ने स्रोतले जनाएको छ।

उनीहरु डडेल्धुरा अस्पतालमा १० दिनअघि मात्रै आएका थिए। केही दिन अगाडी मात्रै काम गर्ने इच्छा देखाएर आएका चिकित्सकले एकाएक अस्पताल छाडेर जानुका पछाडी कोरोना महामारिको डर नै रहेको आशंका गरिएको छ।
डडेल्धुरा अस्पतालमा कोरोनाको उपचारमा खटिने चिकित्सकका लागि अत्यावश्यक सामग्रीको अभाव रहेको छ ।

You might also like