खानेपानी सुरक्षा योजना टोलीको बैठक

0

नवलपरासी ६ साउन – बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अन्तरगत खानेपानी सुरक्षा योजना टोलीको बैठक मंगलवार सम्पन्न भएको छ ।

बैठकले आर्थिक बर्ष २०७७÷०७८ को लागि आवधिक योजना निर्माण गरेको संस्थाका उपाध्यक्ष तथा टोलीका संयोजक दिपक लम्सालले बताउनुभयो ।
उहाँका अनुसार बैठकले साउनदेखि फागुन सम्म प्रत्येक महिना कार्यक्षेत्रभित्रका टोलहरुमा एक एक वटा जनचेतनामुलक कार्यक्रम गर्नेछ ।
त्यस्तै बैठकमा संस्थाका अध्यक्ष धातानन्द बस्यालको बिशेष उपस्थिति रहेको थियो । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष बस्यालले खानेपानी संस्थाले उपभोक्ताहरुको हितलाई ध्यान दिदै धारा जडानमा २ सय मिटर सम्म पाइप दिने निर्णय गरेको बताउनुभयो । उहाँले उपभोक्ताको हित नै बर्तमान समितिको पहिलो प्राथमिकता रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा संस्थाका ल्याब टेक्निसियन पुर्ण बहादुर थापाले पानी परिक्षणको तथ्यांक प्रस्तुत गर्नुभएको ब्यवस्थापक बिष्णु कुमार भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा संस्थाले सरसफाई तथा जनचेतनाको क्षेत्रमा बिनियोजन गरेको बजेटको सम्बन्धमा छलफल भएको थियो ।
बैठकले प्रचारात्मक कार्यका लागि टिम समेत गठन गरेको छ । कार्यक्रम संस्थाका उपाध्यक्ष तथा टोलीका संयोजक दिपक लम्सालको अध्यक्षता संस्थाका अध्यक्ष धातानन्द बस्यालको बिशेष उपस्थिति एंव सचिव धनबहादुर गुरुंगको संचालनमा भएको थियो ।

You might also like