बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनचेतना अभिबृद्धि कार्यक्रम सम्पन्न
बर्दघाट २५ पुष – पश्चिम नवलपारस्किो बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अन्तर्गतको खानेपानी सुरक्षा योजना टोलीले बर्दघाट वडा नं ४ को नव कालिका टोलमा जनचेतना अभिबृद्धि सम्वन्धि कार्यक्रम सम्पन्न गरेको छ । शनिवार भएको कार्यक्रममा कोभिड १९ का वारेमा सचेतना प्रदान गर्नुका साथै खानेपानी र सरसफाईका वारेमा समेत जानकारी प्रदान गरिएको हो ।
कार्यक्रममा टोल विकास समितिलाई सरसफाई सामाग्री बितरण गरिएको ब्यवस्थापक बिष्णु कुमार भुसालले जानकारी दिनुभयो ।
खानेपानी सुरक्षा योजना टोलीका संयोजक दिपक लम्साल अध्यक्षता र संस्थाका सल्लाहकार एवम् साविक माकर गा.वि.स.का निबर्तमान अध्यक्ष रूक्मागत ज्ञवाली प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न् भएको थियो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि ज्ञवालीले संस्थाले शुद्ध खानेपानी मुहान देखि मुख सम्म पुर्याउने प्रमुख लक्ष्यका साथ हरेक सरसफाईका पाटाहरुमा समेत राम्रो काम गरेको बताउनुभयो ।
संस्थाका अध्यक्ष एवं कार्यक्रमका विशेष आतिथि धातानन्द बस्यालले सचेतनामुलक कार्यक्रम संस्थाले ५ स्थानमा गरेको जानकारी गराउनुभयो । कार्यक्रममा नव कालिका टोल विकास सस्थाका अध्यक्ष काशिराम न्यौपाने सरसफाई र खानेपानीको महत्वका बारेमा मन्तव्य राख्नुभयो ।
कार्यक्रममा नवकालिका टोललाई विशेष अतिथि बस्यालले स्वास्थ्य सामाग्री अन्तर्गत साबुन, कुचो, बेल्चा, कोदालो, र फोहर उठाउने ठेला लगायत जनचेतनामुलक बोर्ड हस्तान्तरण गर्नुभएको थियो ।
उक्त कार्यक्रममा सुरक्षा टोलीका सदस्य स्वास्थ्यकर्मी कृष्ण हरि पौडेलले कार्यक्रमको सहजीकरण गर्दै स्वास्थ्य सम्बन्धि जानकारी गराउनुभयो । सुरक्षा समिति सदस्य बाबुराम घिमिरेको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव धन बहादुर गुरुङले गर्नुभएको थियो ।