सत्तारुढ सांसदको प्रश्‍न : किन चाहियो हामीलाई विज्ञ अर्थमन्‍त्री ?

0

०१ साउन २०७७

काठमाडौं : सत्तारुढ दलका सांसदले नै  विज्ञताको औचित्य पुष्टी गर्न अर्थमन्त्री डा. युवराज खतिवडालाई चेतावनी दिएकी छिन्। बिहीबार अर्थ समितिको बैठकमा नेकपाकी सांसद रामकुमारी झाक्रीले यस्तो चुनौती दिएकी हुन्। बजेट कार्यान्वयन छलफलमा सहभागी भएका अर्थमन्त्री डा. युवराज खतिवडालाई संकेत गर्दै झाक्रीले भनिन्, ‘विज्ञ अर्थमन्‍त्री बनाएर हामीले परिणाम के दियौं ? तँपाईको विज्ञताको औचित्य पुष्टि हुन सकेन। त्यो पुष्टि हुनुपर्‍यो।

उनले सामान्य वित्तीय व्यवस्थालाई निरन्तरता दिने भए विज्ञ अर्थमन्त्रीको औचित्य नभएको बताइन् ।उनले भनिन्,’सरकारको आधाआधी समय बितिसक्यो । सामान्य वित्तीय अवस्थामा सरकार चलिरहेको छ भन्ने हो भने किन विज्ञ अर्थमन्त्री चाहियो ? मै पनि अर्थमन्त्री बने भयो नि।’ झाक्रीले यसरी आक्रोश पोख्दा अर्थमन्‍त्री युवराज मलिन अनुहार बनाएर चुपचाप सुनेका थिए।

आर्थिक अवस्था बिग्रेकोमा सरकारलाई लकडाउन दह्रो बहाना बनेको बताइन् । उनले व्यङ्ग्य गर्दै भनिन्, ‘बधाई छ दुई तिहाई कम्युनिस्टको सरकार ! मान्छेको जिवनमा के परिवर्तन आयो भन्ने सोचनीय छ । आधाआधी समय बितिसकेको छ । परिणाम के दियौं भन्ने छ ।वित्तीय अवस्था सामान्य चलिराछ, सरकार चलिराछ भन्ने हो भने विज्ञ अर्थमन्त्री किन चाहियो ? ‘

उनले अर्थमन्त्रीलाई ‘खुद्रखुद्री’ तथ्यांक नल्याउन आग्रह गर्दै आममानिसको जिवनमा के परिवर्तन गर्‍यो भन्ने जानकारी गराउनुपर्ने बताइन् ।

उनले रेल विभाग ३२ अर्ब को टेन्डरको प्रसङ्ग झिक्दै आह्वान साइड क्लियरेन्स बिना टेन्डर गरेको बताइन्। उनले महालेखा परीक्षकको कार्यालयले औंल्याएको बेरुजुबारे जवाफसमेत मागिन् ।

Annapurna post

You might also like