चिनी मिल बन्द गरे किसानलाई मालिकले क्षतिपूर्ति दिनुपर्छ – अध्यक्ष शर्मा

0

श्याम थापा सुस्ता २० चैत – नवलपरासी बर्दघाट सुस्ता पश्चिमस्थित प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माले उखु किसानहरुको सम्पूर्ण उखु क्रशिङ्ग नगरी चिनी मिल बन्द गरेमा चिनी मिल मालिकहरुले किसानहरुलाई क्षतिपूर्ति दिनु पर्ने बताउनु भएको छ ।

प्रतापपुर गाउँपालिकाको कार्यालयले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले यस्तो बताउनु भएको हो । चिनी मिलहरु आफ्नो समयमा भन्दा २ महिना पछि संचालन आएको र अहिले पनि किसानहरुको उखु अझै खेतमा सुकिरहेको बखतमा चिनी मिलहरु बन्द हुने जानकारी मिल संचालकका कर्मचारीहरु द्वारा बाहिर आउँदा यस बिषयमा आफू र आफ्नो गाउँपालिकाको कार्यालयलाई गम्भीर ध्यानाकर्षण भएको गाउँपालिका अध्यक्ष शर्माले बताउनु भयो । साथै अध्यक्ष शर्माले उखु खरिद गर्ने जिम्मा चिनी मिलहरुको रहेको हुदा चिनी मिलहरुले किसानको सम्पूर्ण उखु खरिद गर्नु पर्ने र चिनी मिलले किसानहरुको उखु खेतमै सुकाएर मिल बन्द गरेमा चिनी मिलका संचालकहरुलाई आवश्यक कारबाही गर्नका लागि गाउँपालिकाले सम्बन्धित निकायहरुलाई ध्यानाकर्षण पनि गराउने उहाँले बताउनु भयो ।

You might also like