दाङमा क्रान्तिकारी माओवादीका ६ कार्यकर्ता प्रहरी नियन्त्रणमा

0

रवि पाण्डेय दाङ – दाङको जिल्लाको बबई गाउपालिकाको ईलाका प्रहरी कार्यालय खिलकपुरले नेकपा क्रान्तिकारी माओवादीका ६ जना नेता कार्यकर्तालाई विहीवार नियन्त्रणमा लिएको छ । पार्टीको शुक्रवार हापुरेमा हुने जनसभाको प्रचारका लागि हिडेका नेता कार्यकर्ता सहित प्रचारमा प्रयोग भएको गाडिलाई पंचकुलेबाट प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य समिर, देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सचिवालय सदस्य हिरामणी दुःखी, वाई बी शाही, रामजी थारु माधव खनाल र एक गाडि चालकलाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई अहिले ईप्रका खिलकपुरमा राखिएको छ । त्यस्तै शान्तिपुर्ण सभाको प्रचारमा हिडेका नेता कार्यकर्तालाई नियन्त्रणमा लिएको भन्दै पार्टीले आपति जनाएको छ ।
क्रान्तिकारी माओवादीले संसदीय ब्यवस्था बद्नाम भएको भन्दै उपनिर्वाचन बहिष्कार गरेको छ ।

You might also like