कोभिड-१९ {अपडेट} चितवनमा तीन जना कोरोना सङ्क्रमितको मृत्यु

0

चितवन,भाद्र १६ । चितवनको भरतपुर अस्पतालमा सोमबार राति ज्यान गएका तीन जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

मृतक तीन जनाकै स्वाब परीक्षण गर्दा कोरोना देखिएको अस्पतालमा सूचना अधिकारी लीलाधर पौडेलले उज्यालोलाई जानकारी दिनुभयो ।ज्यान गएकामध्ये ५५ र १८ वर्षका महिला छन् भने ६५ वर्षका पुरुष रहेका छन् । उनीहरु सबै चितवनका हुन् । मृतक सबै अस्पताल चहार्दा चहार्दै भरतपुर अस्पताल पुगेका थिए ।

चितवनका मेडिकल कलेज र अस्पतालले सघन उपचार कक्ष अभाव भएको र पीसीआर परीक्षण गर्नुपर्ने भन्दै अन्तिम अवस्थामा सरकारी अस्पताल पठाएका थिए । उनीहरुको अस्पताल पुगेको केही समयमै ज्यान गएको हो । भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा।जगन्नाथ तिवारीकाअनुसार मृत्यु भएका तीनै जनामा कडा निमोनिया देखिएको थियो । .>Nawalpur |FM

You might also like