बुटवलको जितगढीमा सडक दुर्घटनामा परी ३० वर्षीय युवाको मृत्यु

0

बुटवल । बुटवलको जितगढीमा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । बिहीबार करिब १ बजे बुटवल उपमहानगरपालिका–१३ स्थित जितगढीमा स्कुटर र मोटरसाइकल एक आपसमा ठक्कर खाएका थिए ।

बुटवलबाट जाँदै गरेको लु ८३ प ४१४४ नम्बरको स्कुटर र बुटवल तर्फ आउँदै गरेको लु ७४ प ६०१६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् । ठक्कर खाएर सडकमा लडेका स्कुटरका चालकलाई बुटवल तर्फ आउँदै गरेको ना १ क ४१४६ नम्बरको तिलोत्तमा क्याम्पसको बसले किच्दा एक युवाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाबाट गुल्मीको धुर्कोट गाउँपालिका स्थायी घर भई हाल बुटवल उपमहानगरपालिका–१३ बस्ने मनोज थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए ।

स्कुटरका चालकलाई किचेर फरार भएको बसलाई नियन्त्रणमा लिइसकिएको उनले बताए । अहिले किच्ने बस, बसका चालक र मोटरसाइकल र मोटरसाइकलका चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।globalaawaj

You might also like