जनसभामा लाई सफल बनाउन जनपरिचालन गर्ने

0

नवलपरासी १९ माघ – नेकपा (क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासीले राष्ट्रिय जागरण तथा संगठन विस्तार अभियानको कार्ययोजना पास गरेको छ । माघ १५ गते देखि चैत्र २४ सम्मको अभियानको बैद्य माओवादीले कार्ययोजना पास गरेको हो । आइतवार बर्दघाटमा बसेको पुर्ण बैठकले अभियानलाई सफल बनाउने निर्णय समेत गरेको छ । जिल्ला सेक्रेटरी चोलाले दिएको जानकारी अनुसार माघ २४ गते बुटवलको जनसभामा लाई सफल बनाउन जनपरिचालन गर्ने बैठकले निर्णय लिएको छ ।
त्यस लगतै माघ २८ गते बिद्यार्थी संगठन अखिल (क्रान्तिकारीको जिल्ला भेला गर्ने निर्णय भएको उनले बताए ।
त्यस्तै बैठकले फागुन १ गते जनयुद्ध दिवसलाई जिल्लामा भब्यताका साथ मनाउने र सोही दिन अखिल नेपाल क्रान्तिकारी टे«ड युनियन महासंघको जिल्ला भेला गर्ने निर्णय समेत गरिएको उनले बताए । अभियानमा आउने केन्द्रीय टोलीका फागुन ३–४ गतेको कार्यक्रम ब्यवस्थित बनाउने निर्णय भएको उनले जानकारी दिए ।
त्यस्तै फागुन ६ गते अखिल नेपाल आदिवासी जनजाति महासंघका बिभिन्न घटकहरुको भेला गरी महासंघ गठन गर्ने भएको छ । बैठकले चैत्र २४ सम्मका बिभिन्न दिवसहरु मनाउने समेत निर्णय गरेको हो ।
बैठकमा जिल्ला सेक्रेटरी चोला , प्रदेश सदस्य संकल्प, समर , बर्दघाट नगर सेक्रेटरी क्रान्ति, प्रतापपुर गाउ कमिटी सेक्रेटरी अनिल, सुनवल ईञ्चार्ज लालसिंह, सेक्रेटरी श्याम, जिल्ला सदस्यहरु वसन्त, सरोजलगायतले धारणा राखेका थिए । कार्यक्रम चोलाको अध्यक्षतामा भएको थियो ।

You might also like