गैंडाकोटमा थप १० जनामा कोरोना संक्रमण पुष्टी

0

नवलपुर, १७ असार

गैंडाकोट नगरपालिकाका विभिन्न क्वारेनटाइनमा वस्दै आउनुभएका २ महिला सहित थप १० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

भरतपुरमा रहेको कोभिड १९ प्रयोगशालामा भएको परीक्षणमा १० जनामा कोरोना संक्रमण पुष्टी भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो ।

संक्रमण पुष्टी हुनेमा साउदीबाट आउनुभएका गैडाकोट १ का ४१ वर्षीय पुरुष, कुवेतबाट आउनुभएका गैडाकोट २ का २५ वर्षीय पुरुष, कुवेतबाट आउनुभएका गैडाकोट ४ का २३ र ५१ वर्षीय महिला, थाइल्याण्डबाट आउनुभएका गैडाकोट ५ का ३७ वर्षीय पुरुष, पटना र मेलसियाबाट आउनुभएका २६ वर्षीय दुई जना पुरष, दिल्लीबाट आउनुभएका गैडाकोट ९ का ५० वर्षीय पुरुष, दुवई बाट आउनुभएको गैंडाकोट १२ का ३० वर्षीय पुरुष र जापानाबाट आउनुभएका गैडाकोट १४ का २७ वर्षीय पुरुषमा संक्रमण पुष्टी भएको हो ।

उहाँहरु गैंडाकोट नगरभित्र रहेको एसपीएम कलेज, लक्ष्मी मावि, नेपा राष्ट्रिय शमशेर मावि र गैडाकोट ११ को कभर्ड हलको क्वारेनटाइनमा वस्दै आइरहनुभएको थियो । उहाँहरुलाई अहिले रजहर स्थिती प्राकृतिक चिकित्सालयमा लग्ने तयारी गरिदैछ । गत असार १५ गते संकलित ३५ स्वावमा २४ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

एक स्वाव पुन संकलन गर्नुपर्ने भएको छ । ल्यावको क्राइट एरिया अनुसार नपुगेकाले पुन संकलन गर्नुपर्ने स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिनुभयो । यो सँगै गैडाकोटमा स।क्रमितको सख्या २८पुगेको छ ।

Nawalpur fm

You might also like