बुटवल बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख पौडेलको दुर्घटनामा निधन

0

२३ कार्तिक ,बुटवल । बुटवल बहुमुखी क्यापसका सह-प्रध्यापक डा. शिव पौडेलको आइतबार बिहान निधन भएको छ । तिलोत्तमा नगरपालिका वडा नं १ का स्थायी बासिन्दा पौडेल स्कुटर सिक्ने क्रममा आफ्नै घरको वालमा ठोक्किएर गम्भीर घाइते भएका थिए ।

घर अगाडीको सडकमा स्कुटर सिक्दै गर्दा घरकै कम्पाउण्ड पर्खालमा ठोकिएका पौडेललाई उचारका लागि मणिग्राम स्थित क्रिमशन अस्पतालमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको क्याम्पसका प्रमुख डा. खिमानन्द न्यौपानेले जानकारी दिए ।

असोज १ गतेबाट बुटवल बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुखको जिम्मेवारी पाएका पौडेल लामो समयदेखि बुटवल बहुमुखी क्याम्पसका अध्यापन गराउँदै आएका थिए ।

ग्लोबल आवाज

You might also like