लकडाउनमा पनि घरघरमा पुगेर पढाउन थाले

0

सिन्धुपाल्चोक, असार १६ गते ।

कोभिड १९ का कारण लामो समय लकडाउन भएपछि शैक्षिक गतिबिधि बन्द भएको अबस्थामा सिन्धुपाल्चोकका बिद्यालयहरुले बिद्यार्थीका घरघर पुगेर शिक्षण गराउन थालेका छन् । जिल्लाभरका दजनौं बिद्यालयले बिद्यार्थीका घरमा पुगेर समूहगत रुपमा पढाउन थालेका छन् ।
त्रिपुरासुन्दरी गाउँपालिका ३ धुस्कुन स्थित महेन्द्रप्रताप माध्यमिक बिद्यालयका शिक्षकहरु घरघर पुगेर पढाउन थालेका छन् । उनीहरुले बिद्यार्थीहरुलाई घरमा पुगेर समूहसमूहमा शिक्षण गराउन थालेका छन् । अभिभावक राखेर बिद्यार्थीलाई पढाउन थालेका छन् । दुई साताअघिबाट शिक्षकहरुले घरघरमा गएर पढाउन थालेका छन् ।
बाह्बिसे नगरपालिका ९ सागबारीको सेतीदेवी आधारभूत बिद्यालयका शिक्षकहरु पनि घरदैलोमा पुगेर बिद्यार्थीलाई पढाउन थालेका छन् । एकसाता देखि शिक्षकहरुले घरमा नै पुगेर शिक्षण गराउन थालेका हुन् । सामाजिक दुरी कायम गरि शिक्षण गराउन थालिएको शिक्षकहरुले जानकारी दिएका छन् ।
महेन्द्रप्रताप माबिका शिक्षक रबिन्द्र श्रेष्ठले लामो समय भएका कारण बिद्यार्थीहरु शिक्षणप्रति रुचि हराउने भएका कारण बिद्यार्थीलाई संधै पढाईमा ध्यान पुराउन घरघरमा गएर पढाउन थालेको जानकारी दिनु भएको छ । बिद्यार्थी सिकाईमा ग्याब नहोस्र भनेर लकडाउनमा पनि घरघरै गएर पढाउन थालिएको उहाँको तर्क छ ।
लकडाउनका कारण बिद्यार्थीहरु घरायसी र अन्य काममा ब्यस्त हुदाँ शिक्षणप्रति चासो हराउन थालेको पायौं शिक्षक श्रेष्ठले भन्नुभयो हामी घरमा नै पुगेर पढाउन थालेपछि बिद्यार्थीले पढाईमा रुचि देखाएका छन् । हामी घरघर पुगेर पढाउन थालेपछि बिद्यार्थीहरु उत्साहित भएर शिक्षण ब्यस्त हुन थालेका छन् ।
बिशेष गरि कक्षा ९ र १० का बिद्यार्थीलाई प्राथमिकतामा राखेर शिक्षण गराउन थालिएको छ । कक्षा १० मा अध्ययनरत छात्रा बिनिता रिसालले भनिन् घरमा नै आएर सरहरुले पढाउन थालेपछि सिकाईमा सहज भएको बताइन् । अर्का छात्र रमेश तिमल्सिनाले भने स्कूलमा जस्तै गरि सरहरुले पढाउनु हुन्छ, हामी पनि पढाइमा उत्साहित भएका छौं ।
महेन्द्रप्रताप माबिका प्रअ सुरज भट्टराईका अनुसार बिद्यार्थीको पढाइमा बाधा र अबरोध नहोस् भनेर लकडाउनमा पनि शिक्षण क्रियाकलाप गर्न शुरु गरिएको बताउनु भएको छ । जिल्ला बिकास तथा समन्वय एकाईका प्रमुख कृष्ण प्रसाद सुबेदीले जिल्लाभरका दजनौ बढी बिद्यालयले बिद्यार्थी जहाँ छन् त्यँही गएर पढाउन थालेको प्रति प्रशंसा गर्नु भयो । जिल्लाका अधिकाँश बिद्यालयहरुले रेडियो, अनलाइनका साथै घरदैलोमा नै पुगेर पढाउदाँ बिद्यार्थीको सिकाईमा प्रभावकारिता आएको उहाँले जानकारी दिनु भयो ।
बाह्बिसे नपा ९ का सेतीदेवी आबिका शिक्षक बिद्यार्थीका घरमा पुगेर पढाउदैं ।

Gorkha patra

You might also like