शुल्क नलिन विद्यालयलाई संयुक्त विद्यार्थी संगठनको माग

0

 उमेश बि.क / नवलपरासी  १३ असार पश्चिम नवलपरासी जिल्ला अन्तर्गत रहेका बिविन्न शुबेच्छुक बिद्यार्थी संगठनले शुल्क नलिन विद्यालयलाई माग गरेका छन । काेराेना भाइरस काेभिड १९ का कारण मुलुक लकडाउनको अवस्थामा रहेका बेला कुनै पनि बहानामा शुल्क नउठाउन पश्चिम नवलपरासीका संयुक्त विद्यार्थी संगठनले विद्यालयहरुको ध्यानाकर्षण गराएका छन् । जिल्लाका कृयाशिल विद्यार्थी संगठनहरु नवलपरासीको भूमहीमा शनिबार बसेको संयुक्त बैठकले विभिन्न बहानामा शुल्क उठाउने कार्य नगर्न विद्यालयहरुलाई आग्रह गरेका हुन् । लकडाउनकाे समयमा हरेक नागरिककाे अार्थिक अवस्था कमजोर रहेकाे हुनाले यस्ताे विपदकाे समयमा अभिभावककाे समस्या बुझि शिक्षकले काम गर्नुपर्ने बारे विद्यालयहरुको ध्यानाकर्षण गराएका छन् । उनीहरुले बन्दाबन्दीको यो समयमा नयाँ विद्यार्थी भर्ना सम्बन्धि प्रचारप्रसार तथा विज्ञापन नगर्न पनि चेतावनी दिएका छन् । विद्यार्थी संगठनहरुले अधिकांश सामुदायिक विद्यालयहरु क्वारेन्टिनको रुपमा प्रयोगमा रहेकोले विद्यार्थीको सिकाई वातावरण बनाउन विभिन्न वैकल्पिक माध्यमबाट शिक्षण विधि अघि बढाउन पनि माग गरेको नेपाल विद्यार्थी संघका निवर्तमान अध्यक्ष राजन भण्डारीले बताउनुभयो । बैठकपछि संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा विद्यार्थी संगठनहरुले आफूहरुको मागप्रति वेवास्त गरि कडा कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएका छन् । बैठकमा नेपाल विद्यार्थी संघका निवर्तमान अध्यक्ष राजन भण्डारि , अनेरास्ववियूका जिल्ला अध्यक्ष शुसान्त शर्मा घिमिरे, क्रान्तिकारीका प्रज्वल, जनता समाजवादी विद्यार्थी युनियनका केन्द्रिय सदस्य व्यासमुनि यादव लगायतको सहभागी रहेको थियो ।

You might also like