ट्रेड युनियन कांग्रेस नवलपरासीद्धारा मजदुरहरुलाई घरमै बस्न आग्रह

0

प्रकाश न्यौपाने
बर्दघाट २४ चैत्र – नेपाल ट्रेड युनियन कांग्रेसले नवलपरासीले लकडाउनको समयमा मजदुरहरुलाई खानका लागी खाद्यान्न आवस्यक परे सहयोग गर्ने बताएको छ । ट्रेड युनियन कांग्रेसले नवलपरासीका सामाजिक सञ्जाल मार्फत सम्पुर्ण मजदुरहरुलाई लकडाउनको समयमा मजदुरहरु सबैभन्दा मारमा पर्ने बताउदै दैनिक उपभोग्य बस्तुहरु आवस्यक परेमा सम्पर्क गर्न अनुरोध गरीएको अध्यक्ष ज्ञानहरी अर्यालले बताउनु भयो । अर्यालले सम्पुर्ण मजदुरहरुलाई लकडाउनको समयमा घरमै बसेर आफु र आफ्नो परीवारलाई सुरक्षित बनाउन र राज्यले जारी गरेको अपिलको पालना गर्न आग्रह समेत गर्नु भएको छ । उहां भन्नुहुन्छ –‘अहिलेको अवस्थामा आफु पनि बचौं, अरुलाई पनि बचाउ र कोरोना रोकथामका लागी घरमै बसेर सहयोग गरौं ।’
साथै जिल्लामा रहेका मजदुरहरुलाई खाद्यान्नको आवस्याकता परेमा पालिका अन्तरगत सम्पर्कका लागी सम्पर्क नम्बर समेत उपलब्ध गराएको छ । यसै विच जिल्ला समिति र सुनवल नगर समितिद्धारा शनिवार २० जना मजदुरहरुको परिवारलाई राहत वितरण गरेको छ । सुनवल नगरपालिकाको वडा नम्बर १ मा १७ घरपरिवार र वडा नम्बर ४ मा ३ घरपरिवारका मजदुरहरुलाई राहात वितरण गरीएको जिल्ला अध्यक्ष अर्यालले जानकारी दिनुभयो ।

You might also like