देवचुलीका करिब ४ हजार बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइदै
देवचुली,
नवलपुरको देवचुली नगरपालिकाका करिब ४ हजार बालबालिकालाई भिटाभिन ए र जुकाको औषधी खुवाईने भएको छ । (आज) सोमबार र मंगलबार गरि राष्ट्रिय भिटामिन ए कार्यक्रम अनुसार १ बर्ष देखि ५ बर्ष सम्मको बालबालिकालाई जुकाको औषधी र ६ महिना देखि ५ बर्ष सम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाईने भएको हो ।
देवचुली नगरपालिकाको वडा नं १ देखि ५ का करिब ८ सय ९० जना बालबालिकालाई दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्र अन्तर्गतका स्वास्थ्य सोयम् सेविकाहरुबाट वडा नं ६ देखि ९ सम्मका करिब ८ सय ५ जना बालबालिकालाई देवचुली हेल्थ पोष्ट अन्तर्गतका स्वास्थ्य सोयम् सेविकाहरुबाट ,वडा नं १० देखि १५ सम्मका करिब १ हजार २ सय २५ जना बालबालिकालाई प्रगतिनगर हेल्थ पोष्ट अन्तर्गतका स्वास्थ्य सोयम् सेविकाहरुबाट र वडा नं १६ देखि १७ का करिब ९ सय ७६ जना गरि बालबालिकालाई रजहर हेल्थ पोष्ट अन्तर्गतका स्वास्थ्य सोयम् सेविकाहरुबाट भिटाभिन ए र जुकाको औषधी खुवाइने देवचुली नगरपालिका स्वास्थ्य शाखा अ.हे.व अधिकृत शिव पराजुलीले जानकारी दिनुभयो ।
Happy times