प्रदेश ३ का मुख्यमन्त्रीलाई क्रान्तिकारी पत्रकार महासंघको १२ बुँदे ज्ञापन पत्र

0

काठमाडौं :  जनपक्षीय पत्रकारहरुको साझा संस्था  क्रान्तिकारी पत्रकार महासंघ ३ नं. प्रदेशले मुख्यमन्त्री डोरमणि पौडेललाई १२ बुँदे ज्ञापन पत्र बुझाएको छ । कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण भौतिक रुपमा उपस्थित हुने स्थिति नभएकोले मुख्यमन्त्री पौडेलका प्रेस सल्लाहकार प्रकाश दाहालको इमेलमार्फत् मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको महासंघका केन्द्रीय सचिव तथा ३ नं. प्रदेशका संयोजक रनसुर महतराले बताए ।

संयोजक महराका अनुसार मुख्यमन्त्रीका सल्लाहकार दाहालले मुख्यमन्त्रीको हातमा उक्त ज्ञापन पत्र हस्तान्तरण गरिसकेको बताएका छन् । महासंघले महामारीका विरुद्ध अग्रमोर्चामा रहेर रिपोर्टिङ गरिरहेका पत्रकार तथा सञ्चारकर्मीहरुको पीसीआर परीक्षण, स्वास्थ्य सुरक्षा तथा पेशागत सुरक्षा, श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, साना तथा स्वरोजगार मिडिया तथा महामारीका कारण समस्यामा परेका पत्रकारहरुको राहतको व्यवस्था गर्नुपर्ने लगायतका विषयहरु ज्ञापन पत्रमा उल्लेख गरेको छ ।
महासंघले यसअघि प्रदेश ५ मा पनि यसैगरी ज्ञापन पत्र बुझाएको थियो । क्रान्तिकारी पत्रकार महासंघको २३ र २४ जेठमा सम्पन्न केन्द्रीय समितिको बैठकले सातवटै प्रदेशमा ज्ञापन पत्र बुझाउने निर्णय गरेको थियो ।

You might also like