बर्दघाट नगरपालिकाको विपद ब्यवस्थापन समितिको बैठक : अब हप्तामा तीन दिन मात्रै बैक संचालन गर्ने

0

बर्दघाट २८ बैशाख : बर्दघाट नगरपालिका विपद् ब्यवस्थापन समितिको बैठकले पहिलो तथा दोस्रो चरणको राहत वितरण कार्यको समिक्षा गरेको छ । आइतवार भएको बैठकमा नगर प्रमुख धीरज शर्मा बस्यालले लकडाउनको पाँचौ चरण आइपुग्दा सम्म नगरले विपदका क्षेत्रमा गरेका कामको विवरण प्रस्तुत गर्नुभएको थियो । सोमवार हुने कार्यपालिका बैठकको पूर्व तयारीका साथै सर्वपक्षीय सर्बदलीय सुझावका लिनका लागि विपद ब्यवस्थापन समितिको बैठक सम्पन्न गरिएको नगर प्रमुख बस्यालले स्थानीयपत्रलाई बताउनुभयो । बैठकमा उपप्रमुख मायादेवी पौडेलले अनुगमनको पाटोलाई निरन्तरता दिने बताउनुभएको थियो ।

त्यस्तै बैठकमा विपदको क्षेत्रमा नगरले गरेको कार्य र पहिलो तथा दोस्रो चरणको राहत वितरण र तेस्रो चरणका लागि सुझाव लिने काम भएको प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले जानकारी दिनुभयो ।
बैठकमा संघीय तथा प्रदेश सरकारका निर्देशनलाई योजना शाखाका कृष्ण थापा क्षेत्रीले वाचन गर्नुभएको एक सहभागीले बताए ।
सो बैठकमा सत्तारुढ नेकपाका नगर अध्यक्ष ईन्द्रकुमार राना , नेपाली काँग्रेसका नगर सभापति शम्भुलाल श्रेष्ठ राप्रपाका मिलन श्रेष्ठ नेकपा (क्रान्तिकारी माआवादी)का नगर सेक्रेटरी रामचन्द्र पोखरेल , राष्ट्रिय जनमुक्ति पार्टीका प्रेम राना बर्दघाट बजार विकास समितिका अध्यक्ष शोभाकान्त कोइराला (शिव) लगायतले सुझाव राख्नुभएको थियो । कार्यक्रममा जनता समाजवादी पाटी नगर अध्यक्ष गोपाल पाण्डेय, बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेलगायत बिभिन्न क्षेत्रबाट सरोकारावालाहरुको सहभागिता रहेको थियो ।बैठकमा स्वास्थ्य शाखाले गरेका काम बारे शाखा प्रमुख माधव ज्ञवालीले जानकारी गराउनुभएको थियो ।


त्यस्तै बर्दघाट नगरपालिकामा रहेका बैक तथा वितीय संस्थाहरुको बैठक नगरपालिकाको समन्वयमा आइतवार सम्पन्न भएको छ । बैठकले आइतवार मंगलवार र विहीवार मात्रै बैक संचालन गर्ने निर्णय गरेको छ ।


स्वास्थ्य तथा सुरक्षाका सबै विधि अपनाएर हप्तामा तीनदिन मात्रै भिडभाड नगरी बैक तथा बितीय संस्था संचालन गर्ने निर्णय भएको नगर प्रमुख बस्यालले जानकारी दिनुभयो । निर्णय अनुसार ती दिनमा बिहान १० देखि २ बजे सम्म मात्र बैक संचादन हुनेछन् ।

You might also like