तनहुँका ५ पुरूषमा कोरोना संक्रमण, गण्डकीमा संक्रमित संख्या २०४ पुग्यो

0

काठमाडौं – गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या २०४ पुगेको छ ।तनहुँका ५ जना पुरूषमा संक्रमण पुष्टि भएसँगै गण्डकी प्रदेशमा संक्रमित संख्या २ सय नाघेको हो ।

गण्डकी स्वास्थ्य निर्देशनालयले सोमबार बिहानै जारी गरेको बिज्ञप्ति अनुसार तनहुँको घिरिंङ गाउँपालिकाका २२ देखि ४६ वर्ष उमेर समुहका ५ जना पुरूषलाई क्वारेन्टाइनमै बसेको अवस्थामा संक्रमण पुष्टि भएको छ ।
संक्रमित सबैलाई शुक्लागण्डकीस्थित जीपी कोइराला श्वासप्रश्वास केन्द्रको आइसोलेसनमा राखिएको निर्देशनालयका निर्देशक डा।विनोद विन्दु शर्माले जानकारी दिए । दाउन्ने न्युज

You might also like