शोकमा आज स्थानीय तह र जिसस बन्द

0

नवलपरासी – पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको सडक दुर्घटनामा ज्यान गएपछि शर्माको शोकमा सोमबार जिल्ला समन्वय समिति संगै सात वटै स्थानिय तह बन्द गरिने भएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायले एक विज्ञप्ति जारी गर्दै शर्माको निधनमा स्थानिय तह र जिल्ला समन्वय समितिको कार्यालय सोमबार १ दिनका लागि बन्द रहने जनाएका छन् ।
विज्ञप्तिमा शर्माको निधन प्रति गहिरो दुख ब्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरि शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको छ । शर्माको आइतवार विहान करिव ११ बजेको समयमा गाउँपालिकाबाट जिल्ला विपद ब्यबस्थापन समितिको बैठकमा सहभागिता जनाउन जाँदै गर्दा बर्दघाटमा सडक दुर्घटना हुदाा मृत्यु भएको थियो ।

शर्मा सवार लु १ झ ३७० नम्बरको गाउँपालिकाको स्कारर्पियो पूर्वपश्चिम राजमार्गको बर्दघाट ४ लक्ष्मीनगरस्थित खहरे पुलबाट खसेको थियो ।त्यस्तै शर्माको निधन प्रति धेरैले दुःख ब्यक्त गरेका छन् ।
उता नेपाली कांग्रेस महासमिति सदस्य राजकुमार शर्माको निधनप्रति नेपाली कांग्रेस नवलपुरले दुखव्यक्त गरेको छ । कांग्रेस जिल्ला सभापति विष्णु प्रसाद लामिछानेद्वारा एक विज्ञप्ती जारी गर्दै स्वर्गीय शर्मा प्रति श्रद्वाञ्जली अर्पण तथा शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।
लोकतन्त्रको संस्थागत विकासका निम्ति उनले पु¥याएको योगदानको स्मरण गर्दै निष्ठान, मेहनती, लगनशिल र जनताप्रति समर्पित एक होनहार युवा नेताको निधनले सिंगो नेपालीकांग्रेस शोकमा डुवेको सभापति लामिछानेद्वारा विज्ञप्तिमा उल्लेख छ ।

You might also like