प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्मा सवारी दुर्घटनामा मृत्यु

0

बर्दघाट – प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्मा सवारी दुर्घटनामा हुदाँ मृत्यु भएको छ । गाउँपालिकाबाट सदरमुकाम परासी जाने क्रममा उनी सवार गाउँपालिकाको लु १ झ ३७० नम्बरको स्कारर्पियो बर्दघाटमा दुर्घटना भएको थियो ।

दुर्घटनामा घाईते भएका शर्मालाई उपचारका लागि चिसापानी अस्पतालमा लगिएको उपचारमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । दुर्घटनामा प्रतापपुर गाउँपालिका वडा नम्बर ५ का हरिलाल राजभर घाईते हुनुभएको छ । बर्दघाटको लक्ष्मीनगर पुल देखि तल खोलामा खसेको थियो । अध्यक्ष शर्मा जिल्ला विपद ब्यबस्थापन समितिको बैठकमा सहभागिता जनाउन परासी जार्द गर्दा दुर्घटना भएको हो । शर्माको शवलाई पोष्ट मार्टमका लागि पृथ्वीचन्द्र अस्पताल परासी लगिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी तथा डिएसी राजु लामाले जानकारी दिनुभयो ।

You might also like