सहकारीको प्रर्बद्धन विना आर्थिक समृद्धि सम्भव हुदैन : नगर प्रमुख बस्याल

हाम्रो साकोस र सुपर साकोसबीचको एकीकरण घोषणा कार्यक्रम

0

नवलपरासी ३१ जेठ – बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले सहकारी आर्थिक समृद्धिको माध्यम भएको बताउनुभएको छ । शनिवार बर्दघाट–२ चिसापानीस्थित हाम्रो साकोस र सुपर साकोसबीचको एकीकरण घोषणा कार्यक्रममा बोल्दै उहाँले सहकारी आर्थिक समृद्धिको एक खम्बा रहेको बताउनुभयो । आर्थिक समृद्धिको लागि तीन खम्बे सरकारी नीति छ– उहाँले भन्नुभयो – त्यो मध्येको एक खम्बा सहकारी हो । सहकारीको प्रर्बद्धन विना आर्थिक समृद्धि सम्भव हुदैन । उहाँले सहकारी एकीकरणलाई तीब्रता दिनुपर्ने बताउदै सहकारीहरुले उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।


फरक प्रसंगमा नगर प्रमुख बस्यालले सरकार तथा बिशेष गरी स्थानीय तहले कोरोना भाइरस नियन्त्रणका लागि गरेको कामप्रति आखाँ चिम्लिन नहुने दावी गर्नुभयो । उहाँले सो अवसरमा भन्नुभयो – सरकार बिरोधी भावना सडकमा पोखिएको छ । कुरै नबुझी बिरोध गरिएको छ । नगर प्रमुख बस्यालले बर्दघाट नगरपालिकाले कोरोना संक्रमणका बेला गरेका कार्यहरुको चर्चा समेत गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष बृहस्पति अधिकारीले सहकारीहरुले एकीकरणमा जोड दिदै फर्जी सदस्यता हटाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैक बर्दघाट शाखा प्रबन्धक सविना पोखरेल बर्दघाट नगर सहकारी संजालका अध्यक्ष पुण्य प्रसाद पौडेल हाम्रो साकोसका संस्थापक अध्यक्ष हिमलाल ज्ञवाली अध्यक्ष साकोसका संस्थापक अध्यष केशव न्यौपाने, एकीकरण कार्यदलका धनञ्जय पौडेल र मायादेवी पौडेलले बोल्नुभएको थियो ।
कार्यक्रममा सुपर साकोसका अध्यक्ष बिष्णु बहादुर बस्नेतले सहकारी एकीकरणको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रतिवेदन अनुसार संस्थाको नाम हाम्रो सुपर वचत तथा ऋण सहकारुी संस्था र एकीकृत पुंजी १६ करोड ९४ लाख ८९ हजार ७० रुपैया रहेको छ । एकीकृत संस्थाको अध्यक्षमा मायादेवी पौडेल उपाध्यक्षमा शिव प्रसाद पौडेल सचिवमा खेमराज सुवेदी र कोषाध्यक्षमा बिष्णु बराल र सदस्यहरुमा गणेश पन्थी , हरिबहादुर बुचा, आत्मराम भटटराई, माया परियार, रुक्मागत पाण्डेलगायत चयन हुनुभएको छ ।
कार्यक्रम साविक हाम्रो साकोसका अध्यक्ष बिष्णु बरालको अध्यक्षता खेमराज सुवेदीको संचालनमा भएको थियो । संस्थाले असार १ गतेबाट एकीकृत कारोवार गर्ने जनाएको छ ।

You might also like