त्रिविका सबै क्याम्पस आजदेखि खुल्ला, भदौँ ७ बाट परीक्षा हुने

0

काठमाडौँ, साउन ७ । त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसहरु आजदेखि खुलेका छन् । सरकारले मंगलवार मध्यरातिदेखि लकडाउन खुल्ला गरेसँगै त्रिवि मातहतका सबै क्याम्पसहरु खुल्ला भएका हुन् ।

सरकारले जारी गरेको सुरक्षा निर्देशिकालाई कार्यान्वयन गर्दैक्याम्पस सञ्चालनमा ल्याउने निर्णय विश्वविद्यालयले गरेको हो ।
यसैबीच, विश्वविद्यालयले कोरोना भाइरसका कारण स्थगित परीक्षा भदौँ ७ गतेबाट सुचारु गर्ने निर्णय गरेको छ ।
त्रिविका रजिष्ट्रार प्रा. पेशल दाहालले स्थगित परीक्षा दशै सक्ने र दशैपछि अन्य नियमित परीक्षा गर्ने जानकारी दिनुभयो ।

क्याम्पसहरु खुलेसँगै विश्वविद्यालयले विदामा बसेका अध्यापकहरुलाई पनि बोलाउने निर्णय गरेको छ । विश्वविद्यालयका अध्यापकहरुलाई दिइएको विदा समेत सकिएको र अव क्याम्पसमा हाजिर हुनुपर्ने भएको छ ।
क्याम्पसमा नियमित पठनपाठन र परीक्षा बाहेक अन्य गतिविधि नियमित गरिने भएकोले विश्वविद्यालयका अध्यापकहरुलाई पनि बोलाइएको जनाइएको छ ।

Mirmire Online

You might also like