देवदह नगरपालिकाले अनुदानमा प्रदान गरेको धानको विउको अनुगमन

0

रुपन्देही – रुपन्देहीस्थित देवदह नगरपालिकाले ५० प्रतिशत अनुदानमा वितरण गरेको धानको विऊ नउम्रेको भन्दै किसानहरुले गुनासो गरेपछि देवदह नगरपालिकाको प्राविधिक टोलीले अनुगमन गरेको छ ।

देवदह नगरपालिका कृषि शाखाले करिव ४ सय क्विन्टल विभिन्न जातका धानको विऊ किसानहरुलाई वितरण गरेको थियो । देवदहमा करिव ८६ मेट्रिक टन धानको विऊको माग भएको र नगरपालिकाले कृषि सामाग्री कम्पनीलाई पत्र काटेर धानको विऊ उपलव्ध गराउन आग्रह गरेपनि ६।०५५ मेट्रिक टन धानको विऊ मात्र उपलव्ध गराएको नगरपालिकाले जनाएको छ । प्राप्त मात्रामा धानको विऊ कृषि सामाग्री कम्पनीले दिन नसकेपछि कार्यपालिकाको बैठकले निर्णय गरेर बोलपत्र आव्हान गरिएको कृषि शाखा प्रमुख आश्विनीकुमार शर्माले बताउनु भयो । नगरपालिकाले आव्हान गरेको बोलपत्र अनुसार केरवानी कृषि तथा पशु फारमले धानको विऊ उपलव्ध गराउने गरी सहमति भएको शर्माले बताउनु भयो । किसानहरुको गुनासो पछि कृषि शाखाका प्राविधिकको टोलीले अनुगमन गरेको र अनुगमनको क्रममा ५० देखि ६० प्रतिशत मात्र धानको विऊ उम्रेको प्रमुख शर्माले बताउनु भयो । केरवानी कृषि तथा पशु फारमबाट उपलव्ध भएको धानको विऊ प्रयोग शालामा पठाउने तयारी भईरहेको उहाले बताउनु भयो ।

देवदह नगरपालिकाका सवै वडामा अनुगमन गरी त्यसबाट आएको प्रतिवेदनको आधारमा अगाडि बढ्ने उहाले बताउनु भयो । विशेष गरी देवदह नगरपालिकाको वडा नं ४, ५, ७ र ८ मा गएको सामा धानको विऊमा समस्या देखिएको प्रमुख शर्माले बताउनु भयो । शर्माको भनाई अनुसार पहिलो लटको राम्रो भएको तर पछिल्लो लटको धानको विऊमा समस्या देखिएको बताउनु भयो । धानको विऊमा समस्या देखिएपनि उत्पादनमा भने कमी नआउने शर्माले दावी गर्नु भयो । नगरपालिकाको अनुदानमा उपलव्ध गराएको साभा धानमा मात्र समस्य देखिएको र अन्य धानको विऊमा समस्या नआएको प्रमुख शर्मााले बताउनु भयो । किसानहरुलाई प्रदान गरिएको धानको विऊ नउम्रेकालाई पुनः धानको विऊ उपलव्ध गराउने शर्माले बताउनु भयो । देवदह नगरपालिकाले ५० प्रतिशत अनुदानमा दिएको धानको विऊ नउम्रेको कृषकहरुको भनाई रहेको छ । नगरपालिकाले अनुदानमा उपलव्ध गराएको धानको विऊ नउम्रे पछि आफुहरुले नगरपालिकालाई खवर गरेको कृषक कोषबहादुर गुरुङ्गले बताउनु भयो । धानको विऊ गुणस्तरीय नुहदा समस्या आएको आफुहरु चिन्तित भएको कृषक गुरुङ्गले बताउनु भयो । स्थानीय स्तरमा धानको विऊको उत्पादन गरी आत्मनिर्भर बनाउने गरी नगरपालिका अगाडि बढिरहेको नगर प्रमुख हिराबहादुर खत्रीले बताउनु भयो ।

नगरपालिकाको प्राविधिक टोलीले गरेको अनुगमनको क्रममा केही किसानकोमा मात्र समस्या देखिएको र उनीहरुलाई पुनः नगरपालिकाले धानको विऊ उपलव्ध गराउने प्रमुख खत्रीले बताउनु भयो । नगरपालिकाको कृषि प्राविधिकहरुलाई प्रत्येक वडामा किसानहरुको धानको विऊको अनुगमन गर्न लगाएको र टोलीले तयार गरेको प्रतिवेदन अनुसार नगरपालिका अगाडि बढ्ने खत्रीले बताउनु भयो । देवदह नगरपालिकालाई धान, गहु र मकैमा आत्मनिर्भर बनाउने गरी किसानहरुलाई अनुदानमा धानको विऊ उपलव्ध गराएको खत्रीको भनाई रहेको छ । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस संक्रमणको विषम परिस्थितिमा पनि नगरपालिकाले किसानलाई धानको विऊ उपलव्ध गराएको उहाले बताउनु भयो ।

You might also like