सरावल गाउपालिकाद्धारा दुध दुहुने मेसिन र गाई बस्ने म्याट वितरण

0

बासा – सरावल गाउँपालिका अन्तर्गतका व्यवसायिक पशुपालक कृषकलाई मिल्किङ्ग मेसिन तथा गाई बस्ने म्याट वितरण गरिएको छ ।
व्यवसायिक पशुपालक कृषकहरुलाई २ वटा मिल्किङ्ग मेसिन र ७ वटा काउमेट ५० प्रतिशत अनुदानमा बितरण गरिएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले मिल्किङ्ग मेसिन तथा गाई बस्ने म्याट हस्तान्तरण गर्दै गाउँपालिका कृषिमा पर्याप्त सम्भावना बोकेको हुनाले कृषिक्षेत्रको विकासले जनताको जीवनस्तर उकास्न सक्ने कार्यक्रममा आफुले बिशेष प्राथमिकता दिएको बताउनुभयो । गाउँपालिकाको पहिलो प्राथमिकता कृषि भएकोले उत्पादन र उत्पादकत्व बढाउने योजनाहरुको साथ पकेट क्षेत्रहरु निर्माण गरी हावापानीले सुट गर्ने खालको खेतीमा विशेष जोड रहेको कुराबारे जानकारी गराउनुभयो । यस्तै गाउँपालिका उपाध्यक्ष उत्तमा रायले मिल्किङ्ग मेसिन तथा काउमेटको सहि सदुपयोग गर्न कृषकलाई आग्रह गर्नुभयो ।

You might also like