अर्थ उद्योग तथा पर्यटन समितिद्धारा योजना अनुगमन

0

नवलपरासी – प्रदेश सभाको अर्थ उद्योग तथा पर्यटन समितिले पश्चिम नवलपरासीका बिभिन्न योजनाहरुको अनुगमन तथा निरिक्षण गरेको छ । प्रदेशसभा प्रदेश नम्बर ५ अन्तरगतको उक्त समिति अन्तरगतको टोलीले गतबर्ष भएका योजनाहरुको अनुगमन गरेको हो ।
समिति अन्तरगतको तुल्सी प्रसाद चौधरीको संयोजकत्वमा रहेको तीन सदस्सीय टोलीले घरेलु तथा साना उद्योग कार्यालय डिभिजन वन कार्यालयलगायतका योजनाहरु अनुगमन गरेको थियो ।
टोलीले बर्दघाट–२ को पर्यटकीय स्थल बुद्धमंगलताल, सुनवलको मामीसति सरिया, सुस्ताको बालपुरी मन्दिरलगायतको स्थान अनुगमन गरेको संसदीय टोलीका संयोजक तुल्सी प्रसाद चौधरीले बताउनुभएका आजको बर्दघाटपोष्ट दैनिकमा खबर छ ।

You might also like