कृषिमा विकास गर्न ३ वर्षे रणनीति तयार: मन्त्री भुसाल

0

२२  मंसिर , भैरहवा-कृषि मन्त्री घनश्याम भुसालले प्रत्येक पालिकामा गोदाम निर्माणको तयारी भइरहेको बताएका छन्। अर्घाखाँची सिमेण्ट उद्योग प्रालिले रुपन्देहीको सियारी गाउँपालिका वार्ड नं.२ मा निर्माण गर्न लागेको स्वास्थ्य केन्द्रको भवनको शिलान्यास गर्दै उनले भने-“अहिले कृषिकै कार्यक्रममा पौने ५ अर्ब बजेट पालिकामा पठाएका छौ, एक महिना भित्र प्रत्येक पालिकामा भन्डारण गर्न मिल्ने गरि गोदाम बनाउन थप १ अर्ब पठाउने तयारी गरेका छौ।’

मन्त्री भुसालले कृषिको विकासको लागि अहिले ३ वर्षको रणनीति तयार भएको बताए । सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले उद्योगले स्थानीय स्तरमा विभिन्न सहयोग गर्दै आएको बताउँदै स्वास्थ्य केन्द्र नमुना भएको बताए।

उद्योगका जिएम उद्वव कार्कीले उद्योगकाे सामाजिक उतरदायितव अन्तरगत यस्ताे काम हरेक वर्ष हुने, यसकाे सुरुवात उद्योग भएकाे स्थानबाट गरेको बताए।

स्थानीय क्षेत्रमा आफ्नो सामाजिक दायित्व अन्तर्गत सो स्वास्थ्य केन्द्र स्थापना गर्न लागेको उद्योगका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले बताए । उनले एक वर्ष भित्र निर्माण सम्पन्न गरेर गाउँपालिकालाई स्वास्थ्य केन्द्र हस्तान्तरण गर्ने बताए ।

लुम्बिनि टाईम्स

 

You might also like