बर्दघाट नगर खेलकुद विकास समितिको पदभार ग्रहण

0

फूल कुमारी ढकाल
बर्दघाट :
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाद्धारा गठित बर्दघाट नगर खेलकुद विकास समितिको पदभार ग्रहण गरिएको छ ।
मंगलवार नगरपालिकाका एक प्रथम बैठकबीच पदभा ग्रहण गरिएको हो ।

सो अवसरमा नगर प्रमुख धीरज शर्मा बस्यालले समिति संचालनको कार्यविधि निर्माण गरी गठन गरिएको खेलकुद विकास समितिले नगरमा खेलकुद विकासको नेतृत्व गर्नेमा आफू आशावादी रहेको बताउनुभयो ।


त्यस्तै नवगठित समितिका संयोजकमा सन्तोष श्रेष्ठले खेलकुदको विकासमा सबैलाई समेटेर लैजाने प्रतिबद्धता जनाउनुभएको थियो । सोमवार श्रेष्ठको संयोजकत्वमा गठित समितिका सदस्यहरुमा बर्दघाट वडा नं. ४ का कमल थापा, माया थापा क्षेत्री, बेल बहादुर छन्त्याल र विष्णु भण्डारीलाई मनोनयन गरिएको थियो ।

त्यस्तै सामुदायिक विद्यालयका तर्फबाट वडा नं. ७ का दिपक पोखरेललाई र संस्थागत विद्यालयको तर्फवाट वडा नं. १२ का संञ्जय ढुङ्गाना सदस्यमा वडा नं. १३ का कृष्ण गौतम र वडा नं. १६ का भरत गुरुङ्ग सदस्य रहनुभएको छ ।बर्दघाट नगरपालिकाले नगर खेलकुद विकास समितिको संचालन कार्य विधि २०७६ बमोजिम समिति बनाएको बताएको छ ।

You might also like