नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासी शाखा लाई प्रदेश ५ सरकारले दियो पाँच लाख रूपैयाँ

0

परासी – नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासी शाखा लाई प्रदेश ५ सरकारले पाँच लाख रूपैयाँ प्रदान गरेको छ ।
नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासी जिल्ला शाखाको पहलमा प्रदेश सरकारले ५ लाख रुपैयाँ उपलब्ध गराएको शाखा अध्यक्ष हरि शर्माले बताउनुभयो ।

सरकारका प्रवक्ता एंव भौतिक पूर्वाधार विकास मन्त्री माननीय बैजनाथ चौधरीको प्रयासमा प्राप्त उक्त रकम महासंघको रङ रोगन, कम्प्यूटर खरिद, कार्पेट, सोफालगायत कार्यालय सञ्चालनमा खर्च गरिने छ । महासंघले उक्त काम बुधबारबाट सुरु गरिसकेको समेत जानकारी गराईएको छ ।
पछिल्लो पटक महासंघले पत्रकारहरुको पशोगत सुरक्षाका बिभिन्न कार्यक्रम गर्दै आएको छ ।

You might also like