गाउमै सभाहल बनेपछि सुस्तास्थित रेवारेताका बासिन्दा खुसी

0

नवलपरासी पश्चिम (रेवारेता) १४ मंसिर – सुस्ता गाउपालिका –३ रेवारेतामा प्रदेश सरकारको लगानीमा सुबिधासम्पन्न बहुउद्धेश्शीय सभाहल निर्माण भएपछि स्थानीय खुसी भएका छन् । प्रदेश सरकारको लगानीमा करिब ५ सय जना क्षमताको सभाहल निर्माण भएको सुस्ता गाउपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रसाद बस्यालले प्रदेश सरकारबाट बिशेष अनुदान प्राप्त भएपछि सभाहल निर्माण भएको बताउनुभयो ।
यसको कुल ईष्टिमेट लागत १ करोड २७ लाख र टेण्डर विकास निर्माण सेवाले ८४ लाखमा प्राप्त गरेकोमा करिब ७४ लाख भुक्तान भएको पालिकाले जनाएको छ ।

गाउमै सुबिधा सम्पन्न सभाहल बनेपछि स्थानीयमा खुसीयाली छाएको छ । स्थानीयवासी अमित कुमार खड्काले गाउपालिकाकै सेन्टरमा सभाहल बन्नुलाई सकारात्मक रुपमा लिएको बताउनुभयो । खड्काले सुबिधासम्पन्न सभाहल बनेपछि सभाहलमा हुने कार्यक्रमले स्थानीयवासीको रोजीरोटीमा समेत सहयोग पुग्ने आशा ब्यक्त गर्नुभयो ।

सभाहल अगाडि खुल्ला चौरमा छ । हलमा सुबिधा सम्पन्न ठूलो हल , एटेज सहितका शौचालय र डे«सिङ रुमसहितका संरचना बनेका छन् । निर्माणको ९८ प्रतिशत काम सकिएको निर्माण पक्षले जनाएको छ ।

You might also like