१ लाख ५० हजारको अबैध सामान बरामद

0

सहबान अन्सारी
बेलाटारी – पश्चिम नवलपरासीमा सिमा सुरक्षा सहित कोरोना रोकथाम तथा नियन्त्रणका लागि ब्यापकरुपमा शसस्त्र प्रहरीको उपस्थिति रहदापनि लकडाउनको समयमा तस्करी बढदै गएको पाइएको छ ।
जिल्लाका सबै सिमानाकाहरुमा आवत जावतमा पुर्णरुपमा रोकलगाइएपनि उक्त तस्करी नियन्त्रणगर्नका लागि नेपाल प्रहरीले सक्रियता देखाएको छ ।
यसै क्रममा गरी गए राती सुस्ता गाँउपालिका वडा नं ५ बनकट्टीबाट भारतबाट अबैधरुपमा ल्याउदै गरेको १ लाख ५० हजार बराबरको बिभिन्न किराना समानहरु र चिनी प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसै गरी शुक्रवार राती प्रतापपुर गाउँपालिका वडा नं ५ धरमौलीबाट भारतबाट अबैधरुपमा ल्याउदै गरेको करिब ८० हजार बराबरको शुद्धप्लस प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरिक्षक खुमानन्द पाण्डेले जानकारी दिनु भयो ।नियन्त्रणमा लिएको सामानहरु आवश्यक कारवाहीको लागी भन्सार कार्यालय महेशपुर पठाउने प्रहरीले जनाएको छ ।

You might also like