बर्दघाट नगरपालिका विपद ब्यवस्थापन समितिको बैठक

0

नवलपरासी – बर्दघाट नगरपालिका विपद ब्यवस्थापन समितिको बैठकले लकडाउनलाई प्रभावकारी बनाउनुपर्ने ठहर गरेको छ । मंगलवार भएको बैठकले लकडाउन प्रभावकारी बनाउनका लागि दलहरुले बिज्ञप्ति जारी गर्नुपर्नेमा नगर प्रमुख धीरज शर्मा बस्यालले जोड दिनुभएको थियो । उहाँले विपदका बेला समेत नियम कानुन उल्लघन गरेर हिडने प्रबृति रहेकोले लकडाउन पालना गर्न र गराउन सबै सरोकारवालाको भुमिका उतिकै हुने बताउनुभयो ।
बैठकले बिपदका बेला सबै दल तथा सरोकारवालाहरु एकताबद्ध भएर लाग्नुपर्ने समेत औल्याइएको थियो ।
कार्यक्रममा नगर उपप्रमुख मायादेवी पौडेल , नेपाली काग्रेसका नगर सभापति शम्भुलाल श्रेष्ठ, क्रान्तिकारी माओवादीका नगर सेक्रेटरी रामचन्द्र पोखरेल बर्दघाट वडा नम्बर ४ का वडाध्यक्ष रविन्द्रबिक्रम हमाल, बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने पत्रकार रामु भुसाल, उपभोक्ता अधिकारकर्मी धनञ्जय पौडेल, बर्दघाट बजार विकास समितिकाअ अध्यक्ष शिव कोईराला, ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरिक्षक होमनाथ रेग्मी , ब्यवसायीहरु चिरञ्जिवी सुवेदी, रामजी चापागाईलगायतले धारणा राख्नुभएको थियो ।
बैठकमा बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले क्वारेन्टाइनहरुको अवस्थाको जानकारी दिदै नगरभित्रका क्वारेन्टाइनमा १०९ जना रहेको बताउनुभएको थियो । बैठकमा प्रकोप ब्यवस्थापन कोषमा रहेको १ करोड ७२ लाख १ हजार ९ सय २६ रुपैयामध्ये ८८ लाख ९२ हजार ७ सय २९ रुपैया खचै भएको जानकारी गराइएको थियो ।

You might also like